Section Officer | Samanya Prashasan | Full Course
My courses

कोर्स परिचय

शाखा अधिकृत परीक्षा प्रणाली र पाठ्यक्रम रुपरेखा

Notes Lesson 1 of 120 15 min

संयुक्त र एकीकृत परीक्षा प्रणाली

अप्राविधिक (परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवा) शाखा अधिकृत पदको परीक्षा संयुक्त र एकीकृत परीक्षा प्रणाली (Integrated & Unified Examination System) मा हुन्छ। प्रथम, द्वितीय र तृतीय पत्र सबै सेवा समूहका लागि एउटै (Common) हुन्छन्।

भाग १: लिखित परीक्षा

चरण/पत्र विषय पूर्णाङ्क उत्तीर्णाङ्क प्रणाली समय
प्रथम चरण – प्रथम पत्र प्रशासनिक अभिरुचि परीक्षण (AAT) १०० ४५ वस्तुगत, १०० प्रश्न × १ अङ्क १ घण्टा ३० मिनेट
द्वितीय चरण – द्वितीय पत्र शासन प्रणाली १०० ४० विषयगत, १० प्रश्न × १० अङ्क ३ घण्टा
द्वितीय चरण – तृतीय पत्र समसामयिक विषय १०० ४० विषयगत, १० प्रश्न × १० अङ्क ३ घण्टा
द्वितीय चरण – चतुर्थ पत्र सेवा समूह सम्बन्धी १०० ४० विषयगत, १० प्रश्न × १० अङ्क ३ घण्टा

प्रथम पत्र (AAT) को भार

  • Part A – सामान्य सचेतना: ५० प्रश्न × १ अङ्क
  • Part B – Aptitude Test: ३० प्रश्न × १ अङ्क
  • Part C – English Language Competence Test: २० प्रश्न × १ अङ्क

भाग २: अन्तिम चरण (६० पूर्णाङ्क)

  • सूचना प्रविधि सीप परीक्षण (IT Skill Test) – १० अङ्क, २० मिनेट
  • सामूहिक परीक्षण (समूहमा व्यक्तिगत प्रस्तुति) – १० अङ्क
  • अन्तर्वार्ता – ४० अङ्क

ध्यान दिनुपर्ने कुरा

  • वस्तुगत प्रश्नमा गलत उत्तरका लागि २० प्रतिशत अङ्क कट्टा हुन्छ; उत्तर नदिएमा कट्टा हुँदैन।
  • प्रथम चरण छनोट परीक्षा (Screening Test) मात्र हो; यसको अङ्क मूल परीक्षामा जोडिँदैन।
  • क्याल्कुलेटर प्रयोग गर्न पाइँदैन।
  • पाठ्यक्रममा परेका कानून, ऐन, नियम र नीति परीक्षा मितिभन्दा ३ महिनाअघि कायम रहेकै आधारमा सोधिन्छन्।
  • विषयगत पत्रमा प्रत्येक खण्ड (Section) को उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्छ।