नेपाल राष्ट्र बैंक (NRB) सहायक द्वितीय श्रेणी (Assistant) पाठ्यक्रम २०८३ – NRB Assistant Syllabus
November 23, 2026 · नेपाल राष्ट्र बैंक (NRB) प्रशासन सेवा, सहायक द्वितीय श्रेणी (Assistant) खुला प्रतियोगितात्मक परीक्षाको आधिकारिक पाठ्यक्रम (प्रथम र द्वितीय पत्र, पूर्णाङ्क २०० + अन्तर्वार्ता ३०)।
Opening the PDF…
नेपाल राष्ट्र बैंक (NRB) — प्रशासन सेवा, सहायक द्वितीय श्रेणी (Assistant) आधिकारिक पाठ्यक्रम
नेपाल राष्ट्र बैंकको विज्ञापन खुलिसकेको छ! 📢 NRB सहायक निर्देशक र सहायक पदको विज्ञापन सूचना हेर्नुहोस् · 🧠 नेपालको संविधान २०७२ GK Quiz · 💻 Computer GK Quiz
नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank – NRB) को प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पद (Assistant Level / 2nd Class) को खुला प्रतियोगितात्मक परीक्षाको आधिकारिक पाठ्यक्रम यहाँ पूर्ण रूपमा प्रस्तुत गरिएको छ। मिति २०८२/०७/२४ मा स्वीकृत भई लागू भएको यस पाठ्यक्रम अनुसार पूर्वयोग्यता परीक्षा (Pre-Qualifying Examination) उत्तीर्ण उम्मेदवारहरूले प्रथम चरणको लिखित परीक्षा (प्रथम पत्र र द्वितीय पत्र गरी २०० पूर्णाङ्क) र द्वितीय चरणको अन्तर्वार्ता (३० पूर्णाङ्क) दिनुपर्नेछ।
१. परीक्षा योजना (Examination Scheme)
यस पाठ्यक्रम योजनालाई देहायको आधारमा दुई चरणमा विभाजन गरिएको छ:
-
प्रथम चरण :- लिखित परीक्षा (Written Examination) — कुल पूर्णाङ्क २००
-
द्वितीय चरण :- अन्तर्वार्ता (Interview) — कुल पूर्णाङ्क ३०
प्रथम चरण : लिखित परीक्षा (Written Examination)
|
पत्र |
विषय |
पूर्णाङ्क |
उत्तीर्णाङ्क |
परीक्षा प्रणाली |
प्रश्नसंख्या × अङ्क |
समय |
|---|---|---|---|---|---|---|
|
प्रथम पत्र (Paper I) |
बैंकिङ्ग, लेखा, गणित र सूचना प्रविधि |
१०० |
४० |
विषयगत (Subjective): छोटो र लामो उत्तर (Short & Long Answers) |
१० प्रश्न × ५ अङ्क (५०) |
२ घण्टा ३० मिनेट |
|
द्वितीय पत्र (Paper II) |
अर्थशास्त्र, व्यवस्थापन तथा कानून |
१०० |
४० |
विषयगत (Subjective): छोटो र लामो उत्तर (Short & Long Answers) |
८ प्रश्न × ५ अङ्क (४०) |
२ घण्टा ३० मिनेट |
|
लिखित परीक्षा जम्मा पूर्णाङ्क |
२०० |
८० |
प्रथम र द्वितीय पत्रको परीक्षा छुट्टाछुट्टै सञ्चालन हुनेछ |
५ घण्टा |
||
द्वितीय चरण :- अन्तर्वार्ता (Interview)
|
विषय |
पूर्णाङ्क |
परीक्षा प्रणाली |
|---|---|---|
|
अन्तर्वार्ता (Interview) |
३० |
मौखिक (Oral) |
आधिकारिक द्रष्टव्य (Official Notes):
-
सङ्गठित संस्थाको पदपूर्तिको लागि आयोगबाट लिइने सबै सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षा (Pre-Qualifying Examination) बाट छनौट भएका उम्मेदवारहरू मात्र यो पाठ्यक्रम योजनामा उल्लिखित सेवा, समूह, श्रेणी/तह र पदको लागि सञ्चालन हुने यस परीक्षामा सहभागी हुन पाउने छन्।
-
लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ।
-
लिखित परीक्षाको प्रश्नपत्रको माध्यम भाषा नेपाली र अंग्रेजी दुवै हुनेछ।
-
प्रथमपत्र र द्वितीयपत्रको लिखित परीक्षा छुट्टाछुट्टै हुनेछ।
-
परीक्षामा सोधिने प्रश्नसंख्या, अङ्क र अङ्कभार सम्बन्धित पत्र/विषयमा तोकिए अनुसार हुनेछ।
-
विषयगत प्रश्नका हकमा प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन्। उम्मेदवारले प्रत्येक खण्डका प्रश्नको उत्तर सोही खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ।
-
यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भएता पनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम, विनियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ।
-
प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ।
-
पाठ्यक्रम स्वीकृत मिति: २०८२/०७/२४
२. प्रथम पत्र (Paper I) : बैंकिङ्ग, लेखा, गणित र सूचना प्रविधि
(Banking, Accounting, Mathematics and Information Technology — पूर्णाङ्क: १०० | समय: २ घण्टा ३० मिनेट)
खण्ड (A) — ४० अङ्क (२ प्रश्न × ५ अङ्क, ३ प्रश्न × १० अङ्क)
Section (A) – 40 Marks (2 Questions × 5 Marks, 3 Questions × 10 Marks)
1. बैंकिङ्ग (Banking)
-
1.1. नेपालको बैंकिङ तथा वित्तीय प्रणाली : विकासक्रम तथा स्वरूप (Nepal’s Banking and Financial System: Development and Structure)
-
1.2. नेपाल राष्ट्र बैंक : संगठनात्मक स्वरूप, काम, कर्तव्य र अधिकार (NRB – Organizational Structure, Functions, Duties and Rights)
-
1.3. बैंक तथा वित्तीय संस्थाहरुको काम, कर्तव्य र अधिकार (Functions, Duties and Rights of Bank and Financial Institutions)
-
1.4. बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने बैंकिङ सेवाहरू (Banking Services Provided by Banks and Financial Institutions):
-
1.4.1. निक्षेप (Deposit)
-
1.4.2. कर्जा (Credit)
-
1.4.3. प्रतितपत्र (Letter of Credit – LC)
-
1.4.4. बैंक जमानत (Bank Guarantee)
-
1.4.5. Society for Worldwide Interbank Financial Telecommunication (SWIFT)
-
1.4.6. Any Branch Banking Service (ABBS)
-
1.4.7. चेक क्लियरिङ (Cheque Clearing)
-
1.4.8. विप्रेषण (Remittance)
-
1.4.9. विदेशी विनिमय (Foreign Exchange)
-
-
1.5. वित्तीय साक्षरता र वित्तीय समावेशीकरण (Financial Literacy and Financial Inclusion)
-
1.6. मुद्रा बजार र पुंजी बजार (Money Market and Capital Market)
खण्ड (B) — ३० अङ्क (२ प्रश्न × ५ अङ्क, २ प्रश्न × १० अङ्क)
Section (B) – 30 Marks (2 Questions × 5 Marks, 2 Questions × 10 Marks)
2. लेखा (Accounting)
-
2.1 बहिखाता तथा लेखा सम्बन्धी अवधारणा (Book Keeping and Accounting concept)
-
2.2 गोश्वारा भौचर, बैंक नगदी किताब (Journal Voucher, Bank Cash Book)
-
2.3 सन्तुलन परीक्षण (Trial Balance)
-
2.4 हिसाव मिलान विवरण (Reconciliation Statement)
-
2.5 नाफा नोक्सान हिसाब र वासलात (Profit and Loss Account and Balance sheet)
-
2.6 वित्तीय अनुपात (Financial Ratios)
-
2.7 आन्तरिक जाँच, आन्तरिक नियन्त्रण र आन्तरिक लेखापरीक्षण (Internal Check, Internal Control and Internal Audit)
-
2.8 ह्रास कट्टीः प्रकार तथा विधिहरू (Depreciation : Kinds and Methods)
-
2.9 सरकारी लेखा प्रणाली (Government Accounting System)
-
2.10 लेखामानः नेपाल लेखामान, नेपाल वित्तीय प्रतिवेदनमान (Accounting Standard: Nepal Accounting Standard (NAS), Nepal Financial Reporting Standard (NFRS))
-
2.11 मौज्दात व्यवस्थापन (Inventory Management)
खण्ड (C) — २० अङ्क (४ प्रश्न × ५ अङ्क)
Section (C) – 20 Marks (4 Questions × 5 Marks)
3. गणित (Mathematics)
-
3.1 ऐकिक नियम (Unitary Method), समय र काम (Time and Work)
-
3.2 ब्याज गणना – साधारण र चक्रीय (Interest Calculations – Simple and Compound)
-
3.3 नाफा र नोक्सान (Profit and Loss)
-
3.4 छुट र कमिशन (Discount and Commission)
-
3.5 क्षेत्रफल र मापन (Area and Measurement)
-
3.6 मध्यक, मध्यिका, बहुलक र मानक विचलन (Mean, Median, Mode and Standard Deviation)
-
3.7 तथ्याङ्क सङ्कलन, विश्लेषण र अभिलेख (Data Collection, Analyzing and Recording)
-
3.8 मुल्य सूचकांक (Price Index)
खण्ड (D) — १० अङ्क (२ प्रश्न × ५ अङ्क)
Section (D) – 10 Marks (2 Questions × 5 Marks)
4. सूचना प्रविधि (Information Technology)
-
4.1 Nepal Rastra Bank – IT Guidelines and IT code of conduct
-
4.2 Office System
-
4.3 Computer Operating System (Windows, LINUX, UNIX)
-
4.4 General Information of Database, IT Security
-
4.5 Concept of Internet, Intranet, Extranet, and e-mail
३. द्वितीय पत्र (Paper II) : अर्थशास्त्र, व्यवस्थापन तथा कानून
(Economics, Management and Laws — पूर्णाङ्क: १०० | समय: २ घण्टा ३० मिनेट)
खण्ड (A) — ४० अङ्क (२ प्रश्न × ५ अङ्क, ३ प्रश्न × १० अङ्क)
Section (A) – 40 Marks (2 Questions × 5 Marks, 3 Questions × 10 Marks)
1. अर्थशास्त्र (Economics)
-
1.1 अर्थशास्त्रको अवधारणा : सूक्ष्मअर्थशास्त्र र वृहतअर्थशास्त्र (Concept of Economics : Microeconomics and Macroeconomics)
-
1.2 नेपाली अर्थतन्त्रका आयामहरू (Facets of Nepali Economy)
-
1.3 समष्टिगत आर्थिक सूचकहरू (Macroeconomic Indicators):
-
1.3.1 कुल गार्हस्थ उत्पादन (Gross Domestic Product)
-
1.3.2 कुल राष्ट्रिय उत्पादन (Gross National Product)
-
1.3.3 मानव विकास सूचकांक (Human Development Index)
-
1.3.4 प्रतिव्यक्ति आय (Per Capita Income)
-
1.3.5 लगानी (Investment)
-
1.3.6 खपत (Consumption)
-
1.3.7 बचत (Saving)
-
1.3.8 मुद्रास्फीति (Inflation)
-
1.3.9 सार्वजनिक ऋण (Public Debt)
-
1.3.10 वैदेशिक व्यापार (Foreign Trade)
-
1.3.11 विप्रेषण (Remittance)
-
1.3.12 भुक्तानी सन्तुलन (Balance of Payment)
-
1.3.13 मुल्य सूचकांक (Price Index)
-
1.3.14 विदेशी विनिमय (Foreign Exchange)
-
-
1.4 मौद्रिक र वित्त नीति (Monetary and Fiscal Policies)
-
1.5 नेपालमा आर्थिक विकासका चुनौती (Challenges of Economic Development in Nepal)
-
1.6 योजना र आर्थिक विकास (Planning and Economic Development)
-
1.7 सरकारी बजेट : प्रकार र महत्व (Government Budget: Types and Importance)
-
1.8 वित्तीय क्षेत्र सुधार (Financial Sector Reform)
-
1.9 नेपालको आर्थिक विकासमा विश्व बैंक, एसियाली विकास बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका (Role of World Bank, Asian Development Bank (ADB), Asian Infrastructure Investment Bank (AIIB), and International Monetary Fund (IMF) in Economic Development of Nepal)
खण्ड (B) — ३० अङ्क (२ प्रश्न × ५ अङ्क, २ प्रश्न × १० अङ्क)
Section (B) – 30 Marks (2 Questions × 5 Marks, 2 Questions × 10 Marks)
2. व्यवस्थापन (Management)
-
2.1 व्यवस्थापनः अवधारणा, सिद्धान्त र कार्य (Management: Concept, Principles and Functions):
-
2.1.1 नेतृत्व (Leadership)
-
2.1.2 सञ्चार (Communication)
-
2.1.3 सुपरिवेक्षण, अनुगमन र नियन्त्रण (Supervision, Monitoring, and Control)
-
2.1.4 व्यवस्थापन नैतिकता (Management Ethics)
-
-
2.2 मानव स्रोत व्यवस्थापनः अवधारणा र कार्य (Human Resource Management: Concept and Functions):
-
2.2.1 कार्यसम्पादन मूल्याङ्कन र पुरस्कार प्रणाली (Performance Appraisal and Reward System)
-
2.2.2 उत्प्रेरणा (Motivation)
-
2.2.3 नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली (Nepal Rastra Bank Employee Service Bylaws)
-
-
2.3 औद्योगिक सम्बन्धको अवधारणा (Concept of Industrial Relations):
-
2.3.1 विवादका कारण र समाधान (Cause and Settlement of Disputes)
-
2.3.2 ट्रेड यूनियन र सामूहिक सौदाबाजी (Trade Union and Collective Bargaining)
-
-
2.4 कार्यालय तथा अभिलेख व्यवस्थापन (Office and Record Management)
-
2.5 फाइलिङ र अनुक्रमणिका (Filing and Indexing)
-
2.6 पत्र र टिप्पणी लेखन (Letters and Tippani/Memo Writing)
खण्ड (C) — ३० अङ्क (४ प्रश्न × ५ अङ्क, १ प्रश्न × १० अङ्क)
Section (C) – 30 Marks (4 Questions × 5 Marks, 1 Question × 10 Marks)
3. संविधान र बैंकिङ्ग कानून (Constitution and Banking Laws)
-
3.1 नेपालको संविधान, २०७२ : भाग १, ३, ४ र अनुसूची (Constitution of Nepal, 2072: Parts 1, 3, 4 and Schedules)
-
3.2 नेपाल राष्ट्र बैंक ऐन, २०५८ (Nepal Rastra Bank Act, 2058/2002)
-
3.3 बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (Bank and Financial Institutions Act, 2017)
-
3.4 बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ (Banking Offence and Punishment Act, 2008)
-
3.5 सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (Asset/Money Laundering Prevention Act, 2008)
-
3.6 कम्पनी ऐन, २०६३-परिच्छेद २, ३, ७ र ८ (Company Act, 2063: Chapters – 2, 3, 7 & 8)
-
3.7 विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (Foreign Exchange Regulation Act, 1962)
-
3.8 बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (Merger and Acquisition Bylaws 2073)
४. प्रायः सोधिने प्रश्नहरू (FAQ — NRB Assistant Syllabus 2083)
१. नेपाल राष्ट्र बैंक सहायक (Assistant) परीक्षामा सिधै लिखित परीक्षा दिन पाइन्छ कि Pre-Test पास गर्नुपर्छ?
सङ्गठित संस्थाको पदपूर्तिको लागि लोक सेवा आयोगबाट लिइने अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी (खरिदार वा सो सरह वा चौथो तह) को पूर्वयोग्यता परीक्षा (Pre-Qualifying Examination) बाट छनौट भएका उम्मेदवारहरू मात्र NRB Assistant को यस मुख्य लिखित परीक्षामा सहभागी हुन पाउँछन्।
२. NRB Assistant लिखित परीक्षामा कति वटा पेपर हुन्छन् र पूर्णाङ्क कति हो?
लिखित परीक्षामा प्रथम पत्र (बैंकिङ्ग, लेखा, गणित र सूचना प्रविधि — १०० अङ्क) र द्वितीय पत्र (अर्थशास्त्र, व्यवस्थापन तथा कानून — १०० अङ्क) गरी जम्मा २०० पूर्णाङ्कको विषयगत (Subjective) परीक्षा हुन्छ। दुवै पत्रमा उत्तीर्ण हुन कम्तीमा ४०–४० अङ्क ल्याउनुपर्छ। लिखित परीक्षा उत्तीर्ण भएपछि ३० अङ्कको अन्तर्वार्ता (Interview) हुन्छ।
३. परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा उत्तर लेख्न पाइन्छ?
पाइन्छ। प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा आउँछ भने उम्मेदवारले नेपाली वा अङ्ग्रेजी अथवा दुवै भाषाको माध्यमबाट उत्तर लेख्न सक्नेछन्। तर प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिका हुने भएकाले सम्बन्धित खण्डको उत्तर सोही उत्तरपुस्तिकामा लेख्नुपर्छ।
४. कानून र ऐनका संशोधन कहिलेसम्मको लागू हुन्छ?
पाठ्यक्रममा परेका कानून, ऐन, नियम, विनियम तथा नीतिहरू परीक्षाको मितिभन्दा ३ महिना अगाडिसम्म संशोधन भई कायम रहेकालाई लागू भएको मानिन्छ।
🔗 उपयोगी लिङ्कहरू: नेपाल राष्ट्र बैंक विज्ञापन २०८३ सूचना · नेपालको संविधान २०७२ GK Quiz · Computer GK Quiz · बैंकिङ Mock Test अभ्यास