नेपाल राष्ट्र बैंक: सहायक निर्देशक र सहायक पदमा ६१ जनाको दरखास्त आह्वान (मंसिर १७ सम्म)
November 13, 2026 २७ कार्तिक २०८३
- Total vacancies
- 61seats
- Applications open
- November 13, 2026२७ कार्तिक २०८३
- Last date to apply
- December 3, 2026१७ मङ्सिर २०८३
- Last date with double fee
- December 10, 2026२४ मङ्सिर २०८३
सूचनाको सारांश
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्न योग्य नेपाली नागरिकबाट २०८३ कात्तिक २७ देखि विद्युतीय माध्यममार्फत दरखास्त आह्वान गरेको छ। यो सूचना २०८३/०७/२८ को गोरखापत्र दैनिकमा पनि प्रकाशित हुने छ।
महत्त्वपूर्ण मितिहरू
-
दरखास्त खुला: २०८३ कात्तिक २७
-
सामान्य दस्तुरसहित अन्तिम मिति: २०८३ मंसिर १७
-
दोब्बर दस्तुरसहित अन्तिम मिति: २०८३ मंसिर २४
पद र सिट संख्या
|
विज्ञापन नं. |
पद |
श्रेणी |
सेवा |
जम्मा |
खुला |
महिला |
आ.ज. |
मधेशी |
दलित |
अपाङ्ग |
|---|---|---|---|---|---|---|---|---|---|---|
|
११/२०८३ |
सहायक निर्देशक |
अधिकृत तृतीय |
प्रशासन |
२६ |
१४ |
४ |
३ |
३ |
१ |
१ |
|
१२/२०८३ |
सहायक निर्देशक (लेखा/लेखापरीक्षण) |
अधिकृत तृतीय |
प्रशासन |
३ |
२ |
१ |
– |
– |
– |
– |
|
१३/२०८३* |
सहायक निर्देशक (वाणिज्य कानून) |
अधिकृत तृतीय |
प्रशासन |
२ |
– |
१ |
– |
– |
१ |
– |
|
१४/२०८३ |
सहायक निर्देशक (सूचना प्रविधि) |
अधिकृत तृतीय |
प्राविधिक |
४ |
२ |
– |
१ |
१ |
– |
– |
|
१५/२०८३ |
सहायक |
सहायक द्वितीय |
प्रशासन |
२६ |
१४ |
४ |
३ |
३ |
१ |
१ |
* पुनः प्रकाशन गरिएको। पिछडिएको क्षेत्रतर्फ कुनै सिट छैन।
विशेष सूचना: सर्वोच्च अदालतको रिट नं. ०७८-WO-०६६० समेतमा २०७९/१०/२४ मा जारी परमादेशअनुसार समावेशी समूहसम्बन्धी आवश्यक कानुनी व्यवस्था भएपछि सोहीअनुसार पदपूर्ति गरिनेछ।
न्यूनतम शैक्षिक योग्यता
-
११/२०८३ सहायक निर्देशक: मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर।
-
१२/२०८३ सहायक निर्देशक (लेखा/लेखापरीक्षण): मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट CA/ACCA/CPA उत्तीर्ण।
-
१३/२०८३ सहायक निर्देशक (वाणिज्य कानून): कानूनमा स्नातकोत्तर, वा अर्थशास्त्र/व्यवस्थापन/जनप्रशासनमा स्नातकोत्तरसहित कानूनमा स्नातक।
-
१४/२०८३ सहायक निर्देशक (सूचना प्रविधि): कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा स्नातक वा सो सरह।
-
१५/२०८३ सहायक: प्रमाणपत्र तह वा कक्षा १२ वा सो सरह उत्तीर्ण। साथै लोक सेवा आयोगको एकीकृत परीक्षा प्रणालीअनुसार सङ्गठित संस्थाको अप्राविधिक सहायकस्तर (प्रथम वा द्वितीय श्रेणी / पाँचौं वा चौथो तह, खरिदार वा सो सरह) पूर्वयोग्यता परीक्षा उत्तीर्ण भई प्रमाणपत्र मान्य अवधिभित्र रहेको हुनुपर्ने; सो प्रमाणपत्र दरखास्तसँग पेस गर्नुपर्ने।
उमेर हद (२०८३ मंसिर १७ सम्म)
-
सहायक निर्देशक: २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको; महिलाको हकमा ४० वर्ष ननाघेको।
-
सहायक: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको; महिलाको हकमा ४० वर्ष ननाघेको।
-
नेपाल राष्ट्र बैंकका बहालवाला कर्मचारीलाई उमेरको हद लाग्ने छैन।
परीक्षा दस्तुर
-
अधिकृत तृतीय श्रेणी: एक समूहका लागि रु. १,०००; प्रत्येक थप समूहका लागि रु. ४०० थप।
-
सहायक द्वितीय श्रेणी: एक समूहका लागि रु. ८००; प्रत्येक थप समूहका लागि रु. ३०० थप।
-
रित नपुगेर अस्वीकृत भएको दरखास्तको दस्तुर फिर्ता हुँदैन।
-
दस्तुर अनलाइन फाराम भर्दा पोर्टलमा उपलब्ध भुक्तानी सेवाबाट तिर्नुपर्ने।
परीक्षाको किसिम
-
११/२०८३: पूर्वयोग्यता परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता।
-
१२, १३ र १५/२०८३: लिखित परीक्षा र अन्तर्वार्ता।
-
१४/२०८३: लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता।
-
पूर्वयोग्यता उत्तीर्ण भएकालाई मात्र लिखितमा, लिखित (र प्रयोगात्मक हुने पदमा प्रयोगात्मक) उत्तीर्ण भएकालाई मात्र अन्तर्वार्तामा सामेल गराइनेछ।
परीक्षा केन्द्र
-
११/२०८३ को पूर्वयोग्यता र लिखित तथा १२, १३, १४/२०८३ को लिखित परीक्षा लोक सेवा आयोगबाट काठमाडौंमा।
-
१५/२०८३ (सहायक) को लिखित परीक्षा लोक सेवा आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयले तोकेका स्थानमा।
-
१४/२०८३ को प्रयोगात्मक परीक्षा राष्ट्र बैंकबाट; सबै अन्तर्वार्ता राष्ट्र बैंक केन्द्रीय कार्यालयमा।
-
लिखित परीक्षाको मिति लोक सेवा आयोगले प्रकाशन गर्नेछ।
सेवा सम्बन्धी अन्य जानकारी
-
तलब भत्ता: नेपाल राष्ट्र बैंकको नियमानुसार।
-
परीक्षणकाल: महिला कर्मचारीलाई ६ महिना, पुरुषलाई १ वर्ष।
-
निवृत्तिभरण: योगदानमा आधारित निवृत्तिभरण पाउने।
-
पदस्थापन: सहायक (१५/२०८३) प्रदेशस्थित कार्यालयमा; अन्य पद आवश्यकताअनुसार केन्द्रीय वा प्रदेशस्थित कार्यालयमा।
-
सेवा शर्त: नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) बमोजिम।
दरखास्त कसरी दिने
सबै विज्ञापनको दरखास्त अनलाइनबाट www.nrb.org.np को CAREER मा रहेको Online Portal for Open Competition वा jobs.nrb.org.np बाट दिनुपर्छ।
साथमा अपलोड गर्नुपर्ने कागजात:
-
नेपाली नागरिकताको प्रमाणपत्र
-
न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रसहित)
-
विदेशमा पढेको भए समकक्षता निर्धारणको प्रमाणपत्र
-
समावेशी समूहमा दरखास्त दिने भए सम्बन्धित निकायको प्रमाणपत्र
-
सहायक पदका लागि पूर्वयोग्यता परीक्षा उत्तीर्णको प्रमाणपत्र
-
हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
२०८३ मंसिर १७ पछि जारी भएका योग्यता, समावेशिता, परिषद् दर्ता वा अन्य प्रमाणपत्र मान्य हुने छैनन्। लोक सेवा आयोगबाट परीक्षामा सहभागी हुन रोक लगाइएका उम्मेदवारले सो अवधिभित्र दरखास्त दिन पाउने छैनन्। पाठ्यक्रम www.nrb.org.np को CAREER मा उपलब्ध छ।
सम्पर्क
फोन: ०१-५७१९६४१, ०१-५७१९६४२ (एक्सटेन्सन १२१८, १२२५, १२४०, १२४१) | इमेल: career@nrb.org.np