माध्यमिक तह अध्यापन अनुमतिपत्र (Teaching License) पाठ्यक्रम २०८३ – TSC Secondary Level Syllabus

November 23, 2026 · शिक्षक सेवा आयोग (TSC) माध्यमिक तह अध्यापन अनुमतिपत्र (Teaching License) लिखित परीक्षाको आधिकारिक पाठ्यक्रम (१४ एकाइ, पूर्णाङ्क १००, समय १ घण्टा) र विशिष्टिकरण तालिका।

Opening the PDF…

LINK
tsc.gov.npOpens in a new tab
Open

शिक्षक सेवा आयोग (TSC) — माध्यमिक तह अध्यापन अनुमतिपत्र (Teaching License) पाठ्यक्रम

विज्ञापन नं. ४५/०८३/८४ को तयारी गर्दै हुनुहुन्छ? 📌 माध्यमिक तह टिचिङ लाइसेन्स विज्ञापन २०८३ सूचना हेर्नुहोस् र 📝 अनलाइन आवेदन गर्ने पूर्ण गाइड पढ्नुहोस्।

शिक्षक सेवा आयोग (Teacher Service Commission – TSC), सानोठिमी, भक्तपुरले सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (Secondary Level Teaching License / Adhyapan Anumati Patra) को लिखित परीक्षाको आधिकारिक पाठ्यक्रम यहाँ विस्तृत रूपमा प्रस्तुत गरिएको छ। मिति २०७८ चैत्र २ गतेदेखि लागू भएको यो पाठ्यक्रम हाल सञ्चालन हुने माध्यमिक तह (कक्षा ९–१२) को शिक्षण अनुमतिपत्र परीक्षाका लागि पूर्ण रूपमा मान्य छ।

परीक्षा प्रणाली र पाठ्यक्रमको संक्षिप्त विवरण (Exam Overview)

विवरण

जानकारी

निकाय

शिक्षक सेवा आयोग (TSC), सानोठिमी, भक्तपुर

तह

माध्यमिक तह (Secondary Level — Ma.Vi.)

परीक्षाको किसिम

लिखित परीक्षा — वस्तुगत बहुवैकल्पिक (Objective MCQ)

पूर्णाङ्क (Full Marks)

१०० अङ्क (५० प्रश्न × २ अङ्क)

उत्तीर्णाङ्क (Pass Marks)

५० अङ्क (५० प्रतिशत)

परीक्षा समय (Duration)

१ घण्टा (६० मिनेट)

कुल एकाइ

१४ एकाइ (खण्ड क: ६ एकाइ, खण्ड ख: ८ एकाइ)

लागू मिति

२०७८ चैत्र २ गतेदेखि (हाल २०८३/८४ परीक्षामा समेत लागू)

१. पाठ्यक्रमको परिचय

यो पाठ्यक्रम माध्यमिक तहमा शिक्षक हुन चाहने व्यक्तिहरूका लागि तयार पारिएको हो। नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण सिकाइ पद्धतिमा आफूलाई समाहित गर्न चाहने व्यक्तिहरूले शिक्षण सेवामा प्रवेश गर्नु पूर्व सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षाको प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको हो।

यसमा नेपालको शिक्षा प्रणाली, शिक्षण सिकाइमा आएका नवीनतम चिन्तन, बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने विषय, विद्यालय–समुदाय सम्बन्ध, शिक्षकको पेसागत विकास, शिक्षामा गुणस्तर, शैक्षिक नेतृत्व, कक्षाकोठा व्यवस्थापन, शैक्षणिक योजना, विद्यार्थीका सहायताका क्षेत्रहरू, शिक्षण विधि तथा पद्धति, विद्यार्थीहरूको मूल्याङ्कनका विधि तथा प्रचलन, शिक्षण सिकाइमा अनुसन्धानको अभ्यास, सञ्चार तथा सूचना प्रविधिको प्रयोग र प्रविधिका समसामयिक विषयलाई आधार मानी शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसँग सम्बन्धित भई यो पाठ्यक्रम तयार गरिएको छ।

२. पाठ्यक्रमका उद्देश्यहरू

यस पाठ्यक्रमका प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्:

  • नेपालको राष्ट्रिय शिक्षा प्रणालीका विभिन्न पक्षहरूको सैद्धान्तिक परिचय र प्रयोगको अवस्थाका विषयमा बताउन,

  • शिक्षामा देखिएका नवीनतम चिन्तन र यसमा देखापरेका मूल प्रवृत्ति एवम् विशेषताको जानकारी लिई शिक्षण सिकाइमा उपयोग गर्न,

  • सिकाइको अवस्था, बालमनोविज्ञान र शिक्षा मनोविज्ञानका विभिन्न तत्वहरूको जानकारी गराउन र सिकाइमा तिनीहरूको उपयोग गर्न,

  • विद्यालय र समुदायको सम्बन्ध तथा तिनीहरूको सहसम्बन्ध कायम गरी शिक्षण सिकाइमा सहजीकरण गर्ने तरिकाहरू बताउन,

  • शिक्षकको पेसागत सक्षमता र प्रभावकारी सिकाइका लागि शिक्षकले खेल्नुपर्ने भूमिकाको विवेचना गर्न सक्षम बनाउन,

  • शिक्षण सिकाइलाई गुणस्तरीय बनाउन योजना तथा मापदण्ड तयार गर्न,

  • शैक्षिक सुशासन कायम गर्ने विषयमा शिक्षकले खेल्ने भूमिका बताउन,

  • कक्षाकोठाको व्यवस्थापन गर्न, विद्यार्थीलाई सिकाइमा सहायता प्रदान गर्न र विभिन्न शिक्षण विधि तथा प्रक्रियाका आधारमा प्रभावकारी सिकाइ गर्न,

  • सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ गर्न,

  • शिक्षण सिकाइमा आवश्यक पर्ने बौद्धिक ज्ञान, भाषा तथा गणितीय सक्षमता र अध्ययन अनुसन्धानका निष्कर्ष तथा सुझावको उपयोग गरी शिक्षण गर्न,

  • मूल्याङ्कनका विभिन्न विधि, साधन तथा उपकरणको उपयोग गरी प्रभावकारी रूपमा विद्यार्थीको मूल्याङ्कन गर्न।

३. पाठ्य विषय (Detailed Syllabus — १४ एकाइ)

माध्यमिक तहको अध्यापन अनुमतिपत्र पाठ्यक्रमलाई खण्ड क (सामान्य शिक्षा) र खण्ड ख (शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया) गरी दुई खण्ड र जम्मा १४ एकाइमा विभाजन गरिएको छ।

खण्ड क : सामान्य शिक्षा (एकाइ १ देखि ६ — कुल २० प्रश्न / ४० अङ्क)

३.१ नेपालको राष्ट्रिय शिक्षा प्रणाली (४ प्रश्न — ८ अङ्क)

  • नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यवस्था (मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीतिहरू)

  • नेपालको शैक्षिक इतिहास

  • विद्यालय शिक्षाको संरचना र प्रकार

  • शिक्षाका राष्ट्रिय उद्देश्य तथा तहगत सक्षमताहरू (माध्यमिक तह)

  • शिक्षा ऐन, २०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली, २०५९

  • शिक्षक सेवा आयोग नियमावली, २०५७

  • अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७

  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (शिक्षासँग सम्बन्धित मात्र)

  • राष्ट्रिय शिक्षा नीति, २०७६ (विद्यालय शिक्षा सम्बन्धी)

  • इन्चोन घोषणा र दिगो विकास लक्ष्य कार्यढाँचा

  • सङ्घीय स्वरूपमा शिक्षाको व्यवस्थापन र सञ्चालन

३.२ शिक्षामा नवीनतम चिन्तन (४ प्रश्न — ८ अङ्क)

  • समावेशी शिक्षा

  • बालमैत्री शिक्षाको अवधारणा र प्रयास

  • सामाजिक न्याय र शिक्षामा समावेशीकरण

  • शिक्षामा लैङ्गिक समता, समानता र महिला शिक्षा

  • अनौपचारिक शिक्षा (साक्षरता शिक्षा, डिजिटल साक्षरता, वैकल्पिक तथा निरन्तर शिक्षा) र खुला तथा दूर शिक्षा

  • प्राविधिक तथा व्यावसायिक शिक्षा र रोजगारमूलक शिक्षा

  • जीवनोपयोगी सिप (Life Skills) र सामान्य व्यावसायिक सिप (Soft Skills)

  • शिक्षामा द्वन्द्व तथा तनाव व्यवस्थापन, स्वव्यवस्थापन, सङ्कटमा शिक्षा व्यवस्थापन र सिकाइ

३.३ सिकाइ र बाल मनोविज्ञान (३ प्रश्न — ६ अङ्क)

  • सिकाइको अवधारणा र स्वरूप

  • सिकाइका सिद्धान्तहरू: व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद र सामाजिक निर्माणवाद

  • बाल मनोविज्ञानको अवधारणा

  • युवावस्था र किशोरावस्थाका बालबालिकाको विकासात्मक विशेषताहरू र सिकाइ

  • सिकाइमा प्रभाव पार्ने तत्वहरू: उत्प्रेरणा, पुनर्बल, अभ्यास, स्मृति र विस्मरण, सिकाइ स्थानान्तरण, नैराश्यता समायोजन र सिकाइ

  • सिकाइमा वैयक्तिक भिन्नता, विशेष आवश्यकता तथा विशिष्ट क्षमताको पहिचान र सो अनुरूप शिक्षण

३.४ विद्यालय समुदाय सम्बन्ध (३ प्रश्न — ६ अङ्क)

  • विद्यालय समाजको एक सहपद्धतिका रूपमा (School as a Sub-system of Society)

  • विद्यालय समुदाय सम्बन्ध तथा समुदाय र अभिभावकको विद्यालयप्रतिको दायित्व

  • विद्यालय सुधार योजना (SIP) र यसको प्रभावकारिता, गाउँ/नगर शिक्षा योजना

  • विद्यालयको विकासमा समुदाय परिचालन

  • विद्यालय विकासमा स्रोत पहिचान, सङ्कलन, वर्गीकरण र परिचालन तथा बजेट व्यवस्थापन

  • विद्यालय शिक्षामा नागरिक समाज, गैरसरकारी तथा सामाजिक संस्थाको भूमिका

  • विद्यालय शिक्षामा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ

  • शिक्षाको विकासमा शिक्षकका पेसागत सङ्घ संस्थाको भूमिका

३.५ शिक्षकको पेसागत दक्षता विकास (३ प्रश्न — ६ अङ्क)

  • शिक्षकको पेसागत विकासको अवधारणा, यसको आवश्यकता र उपयोग

  • शिक्षकका सक्षमताहरू

  • शिक्षक पेसागत विकास (TPD) को वर्तमान व्यवस्था र स्वरूप

  • शिक्षकको पेसागत दक्षता विकासका उपायहरू एवम् प्रचलित मोडल तथा प्रणालीहरू

  • विद्यालय सिकाइ सङ्गठन (School as a Learning Organization) का रूपमा विकास

  • अध्यापन अनुमतिपत्रको आवश्यकता र औचित्य

  • शिक्षकको नैतिक मूल्य, मान्यता, उत्तरदायित्व र तिनको परिपालना

  • स्थानीय तह र विद्यालयमा शैक्षिक अनुगमन, सुपरिवेक्षण तथा पेसागत विकासमा सहयोग

३.६ गुणस्तरीय शिक्षा (३ प्रश्न — ६ अङ्क)

  • गुणस्तरीय शिक्षाको परिभाषा, अवधारणा, आयाम र विशेषता

  • गुणस्तरीय शिक्षाका प्रचलित मापदण्ड / सूचकहरू

  • विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रमहरू

  • विद्यालय कार्यसम्पादन परीक्षण, विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (NASA) का प्रतिवेदनहरू र तिनका प्रमुख सिफारिसहरू

  • विद्यालय शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि हुन नसक्नुका कारण र गुणस्तर सुधारका उपायहरू

  • गुणस्तरीय शिक्षाको विकासमा शिक्षक, अभिभावक, समुदाय र विद्यार्थीको भूमिका

खण्ड ख : शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया (एकाइ ७ देखि १४ — कुल ३० प्रश्न / ६० अङ्क)

३.७ शैक्षिक सुशासन र नेतृत्व (४ प्रश्न — ८ अङ्क)

  • शैक्षिक सुशासनको परिचय र अवधारणा

  • शैक्षिक सुशासनमा नागरिक वडापत्र, उजुरी र गुनासो व्यवस्थापन

  • विद्यालयको अभिलेख व्यवस्थापन र प्रयोग

  • शैक्षिक नेतृत्वको अवधारणा र प्रकार, आवश्यक सिपहरू

  • नेतृत्व विकास र प्रयोगमा वि.व्य.स. (SMC), प्र.अ., शिक्षक र विद्यार्थीको भूमिका

  • विद्यार्थीको क्षमता प्रस्फुटनमा शिक्षकको भूमिका (शिक्षण सिकाइमा प्रजातान्त्रिक अभ्यासको अवसर, विद्यार्थीमा नेतृत्व लिने समान अवसर सिर्जना, विद्यार्थीहरूमा भएको बहुप्रतिभाको खोज, स्वव्यवस्थापन, आत्मचिन्तन र आत्ममूल्याङ्कनको वातावरण निर्माण)

  • समूह परिचालन सम्बन्धी सिप

  • शैक्षिक नेतृत्व र दीर्घकालीन सोच एवम् सिर्जनात्मकता

३.८ कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना (४ प्रश्न — ८ अङ्क)

  • कक्षाकोठाको व्यवस्थापनको अवधारणा र अभ्यास, विशेषता, प्रयोगको अवस्था तथा ध्यान दिनुपर्ने कुराहरू

  • बसाइ व्यवस्थापन, सिकाइ सामग्रीको सङ्कलन तथा प्रयोग, भित्ते सामग्रीको उपयोग

  • कक्षाकोठाभित्रको अन्तरक्रिया: अवधारणा र प्रयोग, कक्षाकोठामा प्रभावकारी सञ्चार (पूर्व ज्ञानको परीक्षण, विद्यार्थी क्रियाशीलता, प्रश्न गर्ने सिप, निर्देशन सिप, विद्यार्थी परामर्श, बुझाइ सिपको परीक्षण र सुधारात्मक शिक्षण)

  • शैक्षणिक योजना निर्माणका प्रक्रियाहरू

  • शिक्षक–विद्यार्थी तथा विद्यार्थी–विद्यार्थी सम्बन्ध

  • सामाजिक, सांस्कृतिक तथा भाषिक विविधताको व्यवस्थापन

  • सह तथा अतिरिक्त क्रियाकलाप (ECA/CCA) को योजना तथा व्यवस्थापन

३.९ पाठ्यक्रम तथा विद्यार्थी सहायता प्रणाली (४ प्रश्न — ८ अङ्क)

  • पाठ्यक्रमको अवधारणा, विकास र सम्बन्धित तहको पाठ्यक्रमको अध्ययन

  • राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६

  • स्थानीय पाठ्यक्रम / मातृभाषामा आधारित शिक्षण

  • सिकाइको पाठ्यक्रम: अवधारणा, निर्माण प्रक्रिया, विद्यमान अभ्यास र कार्यान्वयनमा आइपरेका समस्याहरू

  • पाठ्यक्रममा आधारित शिक्षण सिकाइ

  • पाठ्यपुस्तकको परिचय, विशेषता र अङ्गहरू

  • बहुपाठ्यपुस्तकको अवधारणा र प्रयोग

  • शिक्षणमा पाठ्यक्रम र पाठ्यपुस्तकका अन्तरसम्बन्ध

  • शिक्षक निर्देशिका र यसको प्रभावकारी उपयोग

  • पाठ्यसामग्री र स्रोत सामग्रीहरूको सङ्कलन, निर्माण, तयारी, प्रयोग र भण्डारण

  • पुस्तकालयको अवधारणा र यसको समुचित प्रयोग

३.१० शिक्षण विधि र शैक्षणिक प्रक्रिया (४ प्रश्न — ८ अङ्क)

  • शिक्षण विधिको अवधारणा र प्रकार (शिक्षक केन्द्रित, विद्यार्थी केन्द्रित, अन्तरक्रियात्मक र सहयोगात्मक)

  • शिक्षण सिकाइमा नवप्रवर्तन, आलोचनात्मक चेत र सिर्जनशीलता (Innovation and Creativity)

  • शैक्षणिक योजना र तिनको उपयोग (कक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण विधि; सिकाइका लागि वार्षिक, साप्ताहिक, एकाइ र दैनिक पाठ योजना निर्माण र प्रयोग)

  • आधुनिक शिक्षण रणनीतिहरू: परियोजना कार्य (Project Work), क्षेत्रकार्य (Field Work), समालोचनात्मक चिन्तन विधिहरू, समस्या समाधान विधि र सिकाइमा भूमिका निर्वाह (Role Play)

  • सहयोगात्मक सिकाइ (Cooperative Learning)

  • उपचारात्मक शिक्षण विधिको प्रयोग (Remedial Teaching)

  • महामारी तथा विपत्‌को समयमा शिक्षण सिकाइमा निरन्तरता

३.११ विद्यार्थी मूल्याङ्कन (५ प्रश्न — १० अङ्क)

  • मूल्याङ्कनको अवधारणा, उद्देश्य र महत्व

  • शिक्षणमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनको उपयोग

  • शिक्षक निर्मित र स्तरीकृत परीक्षा

  • विशिष्टिकरण तालिका (Specification Grid) निर्माण र उपयोग

  • विद्यालय शिक्षामा लेटर ग्रेडिङ पद्धति (Letter Grading): अवधारणा, अभ्यास, समस्या र प्रभावकारिताका उपायहरू

  • परीक्षा र मूल्याङ्कनका साधन तथा तरिकाहरू

  • नतिजा विश्लेषण र यसको उपयोग

  • शिक्षणमा निरन्तर मूल्याङ्कन प्रणाली (CAS) र यसका अभ्यासहरू

  • शिक्षक निर्मित परीक्षाको वैधता तथा विश्वसनीयता

  • विद्यालय तहमा लिइने परीक्षाको सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण

३.१२ शिक्षण सिकाइमा अनुसन्धान र प्रयोग (३ प्रश्न — ६ अङ्क)

  • अनुसन्धान: परिचय, उद्देश्य र प्रकार तथा विद्यालय शिक्षामा अनुसन्धानको आवश्यकता

  • कार्यमूलक अनुसन्धान (Action Research) को अवधारणा, प्रक्रिया र प्रयोग

  • कक्षाकोठाभित्र सम्बन्धित विषय शिक्षणका समस्याको पहिचान

  • प्राप्त तथ्याङ्क तथा नतिजाको विश्लेषण र प्रतिवेदनको तयारी

  • अनुसन्धानका निष्कर्षहरूको शिक्षण सिकाइमा उपयोग

  • घटना अध्ययन (Case Study): परिचय, प्रक्रिया र प्रतिवेदन

  • कार्यमूलक अनुसन्धान र घटना अध्ययन बिच भिन्नता

३.१३ सूचना तथा सञ्चार प्रविधि — ICT (३ प्रश्न — ६ अङ्क)

  • शिक्षण सिकाइमा सूचना, सञ्चार प्रविधिको आवश्यकता र उपयोग (परिचय, महत्व, प्रयोग, चुनौती र ध्यान दिनुपर्ने कुराहरू)

  • शिक्षण सिकाइमा कम्प्युटर, इन्टरनेट र जर्नलको प्रयोग

  • कम्प्युटरमा अफिस प्याकेज (MS Word, Excel, PowerPoint), कम्प्युटरको उपयोग गरी शिक्षण सिकाइमा उपयोग गर्ने सामग्री निर्माण तथा प्रयोग

  • विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयरको प्रयोग सम्बन्धी आधारभूत ज्ञान

  • शैक्षिक तथ्याङ्क सङ्कलन, विश्लेषण, सम्प्रेषण र प्रयोग

  • एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS)

३.१४ सामान्य बौद्धिक परीक्षण — IQ (३ प्रश्न — ६ अङ्क)

  • शाब्दिक बौद्धिक परीक्षण (Verbal Reasoning)

  • शब्द ज्ञान परीक्षण (Vocabulary Test)

  • समरूपता (Analogy)

  • शाब्दिक वर्गीकरण (Verbal Classification)

  • श्रेणीक्रम समस्याहरू (Series Problems)

  • छुटेका सङ्ख्याहरू पूरा गर्ने (Missing Numbers)

  • भिन्न र दशमलव (Fraction and Decimal)

  • प्रतिशत र अनुपात (Percentage and Ratio)

  • नाफा नोक्सान (Profit and Loss)

४. मूल्याङ्कन तथा विशिष्टिकरण तालिका (Specification Grid)

लिखित परीक्षाको प्रश्नपत्र निर्माण गर्दा देहायको विशिष्टिकरण तालिका अनुसार एकाइगत र तहगत प्रश्न संख्या निर्धारण गरिनेछ:

क्र.सं.

एकाइ

ज्ञान तथा बोध तह (Level I)

सिपको प्रयोग तह (Level II)

उच्च दक्षता तह (Level III)

जम्मा प्रश्न (× २ अङ्क)

कुल अङ्क

खण्ड क : सामान्य शिक्षा (२० प्रश्न — ४० अङ्क)

१

नेपालको राष्ट्रिय शिक्षा प्रणाली

२

१

१

४

८

२

शिक्षामा नवीनतम चिन्तन

२

१

१

४

८

३

सिकाइ र बाल मनोविज्ञान

१

१

१

३

६

४

विद्यालय समुदाय सम्बन्ध र स्थानीय शैक्षिक योजना

१

१

१

३

६

५

शिक्षकको पेसागत दक्षता विकास

१

१

१

३

६

६

गुणस्तरीय शिक्षा

१

१

१

३

६

खण्ड ख : शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया (३० प्रश्न — ६० अङ्क)

७

शैक्षिक सुशासन र नेतृत्व

१

२

१

४

८

८

कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना

२

१

१

४

८

९

पाठ्यक्रम तथा विद्यार्थी सहायता प्रणाली

२

१

१

४

८

१०

शिक्षण विधि र शैक्षणिक प्रक्रिया

२

१

१

४

८

११

विद्यार्थी मूल्याङ्कन

२

१

२

५

१०

१२

शिक्षामा अनुसन्धान र प्रयोग

१

१

१

३

६

१३

सूचना तथा सञ्चार प्रविधि

१

१

१

३

६

१४

सामान्य बौद्धिक परीक्षण

१

१

१

३

६

जम्मा

२० (४०%)

१५ (३०%)

१५ (३०%)

५० प्रश्न

१०० अङ्क

आधिकारिक द्रष्टव्य (Official Notes):

  1. परीक्षा प्रणाली वस्तुगत हुनेछ। वस्तुगत परीक्षामा प्रतिप्रश्न २ अङ्कका दरले ५० वटा प्रश्न सोधिनेछ।

  2. वस्तुगत प्रश्नहरू तयार गर्दा प्रथम तह (Level I: ज्ञान तथा बोध) का ४० प्रतिशत (२० प्रश्न), द्वितीय तह (Level II: सिपको प्रयोग) का ३० प्रतिशत (१५ प्रश्न) र तृतीय तह (Level III: उच्च दक्षता) का ३० प्रतिशत (१५ प्रश्न) हुनेछन्।

  3. यस परीक्षाका लागि १ घण्टा समय छुट्याइएको छ।

  4. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको सही उत्तर दिए बापत प्रत्येक सही उत्तरको २ अङ्क प्रदान गरिनेछ।

  5. यस पाठ्यक्रममा परेका ऐन, नियम, कानुन, नीति तथा कार्यक्रमहरू परीक्षाको मितिभन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्नेछ।

  6. यो पाठ्यक्रम २०७८ चैत्र २ गतेदेखि हुने परीक्षामा लागू हुनेछ।

प्रायः सोधिने प्रश्नहरू (FAQ — TSC Teaching License Syllabus)

१. माध्यमिक तह अध्यापन अनुमतिपत्र (Teaching License) परीक्षामा कति प्रश्न सोधिन्छ?

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा प्रतिप्रश्न २ अङ्कका दरले जम्मा ५० वटा वस्तुगत बहुवैकल्पिक (MCQ) प्रश्न सोधिन्छन्। कुल पूर्णाङ्क १०० र उत्तीर्णाङ्क ५० रहेको छ।

२. माध्यमिक तह टिचिङ लाइसेन्स परीक्षामा विषयगत (Subjective) प्रश्न आउँछ कि आउँदैन?

आउँदैन। २०७८ चैत्र २ गतेदेखि लागू भएको पाठ्यक्रम अनुसार माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा पूर्ण रूपमा वस्तुगत (Objective MCQ) मात्र हुन्छ र सबै विषयका उम्मेदवारका लागि एउटै सामान्य शिक्षा तथा शिक्षण प्रक्रियाको पाठ्यक्रम लागू हुन्छ।

३. माध्यमिक तहको लाइसेन्स पाठ्यक्रममा सबैभन्दा धेरै अङ्कभार कुन एकाइको छ?

कुल १४ एकाइमध्ये एकाइ ११ (विद्यार्थी मूल्याङ्कन) बाट सबैभन्दा धेरै ५ वटा प्रश्न (१० अङ्क) सोधिन्छ। त्यसपछि एकाइ १, २, ७, ८, ९ र १० बाट ४/४ प्रश्न (८/८ अङ्क) सोधिन्छन्।

४. के २०७८ को पाठ्यक्रम नै २०८३/८४ को परीक्षामा पनि लागू हुन्छ?

हो, शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन नं. ४५/०८३/८४ को सूचना अनुसार २०७८/१२/०२ मा प्रकाशित यही पाठ्यक्रम नै हालको माध्यमिक तह अध्यापन अनुमतिपत्र परीक्षामा लागू हुन्छ। ऐन, नियम तथा नीतिहरू भने परीक्षा मितिभन्दा ३ महिना अगाडिसम्म संशोधन भई कायम रहेकालाई आधार मान्नुपर्छ।

🔗 उपयोगी लिङ्कहरू: मा.वि. टिचिङ लाइसेन्स विज्ञापन २०८३ सूचना · अनलाइन फारम भर्ने तरिका र योग्यता · नेपालको संविधान २०७२ GK Quiz

More in TSC (Teachers)

See all ›